अन्तरबार्ता दिन जाँदा यी कुराहरुलाई ध्यान दिनुहोस् सफलता अबश्य मिल्नेछ ।



परीक्षाका अनेकौं रूपहरू मध्ये मौखिक माध्यममा पहिलो पक्षले दोस्रो पक्षलाई पेशा र जागिरको बारेमा सामान्य जानकारी राख्ने कुनै पनि विषयको बारेमा प्रश्नोत्तर गर्ने प्रक्रिया नै अन्तर्वार्ता हो ।
अन्तर्वार्तामा परीक्षार्थीको विषयवस्तुको संज्ञानात्मक पाटाको मात्र नभई प्रस्तुतीकरण शैली र आत्मविश्वास पनि परीक्षण गर्ने गरिन्छ । अन्तरबार्ता दिन जाँदा तलका कुराहरुलाई ध्यान दिनुहोस् सफलता अबश्य मिल्नेछ ।
  • लोक सेवा आयोगले पनि अन्तर्वार्ताको क्रममा आफ्नो पाठ्यक्रममा भएका विषयसूची तथा समसामयिक घटनाक्रमहरूबाट प्रश्नहरू सोध्ने गर्छ ।
  • खरिदार तथा प्राविधिक खरिदार अमिन वा सो सरहको पदको अन्तर्वार्ता कार्यक्रममा लोक सेवा आयोगका कार्यालय प्रमुखको अध्यक्षतामा कम्तीमा तीन जनाको अन्तर्वार्ता समिति गठन गरिएको हुन्छ । जसमा समितिका अध्यक्ष सहित विषयविज्ञ तथा अर्को एक जना लोक सेवाका सदस्य समेत रहेका हुन्छन् ।
  • एकीकृत तथा संयुक्त प्रणालीबाट परीक्षा दिने प्रशासन, संसद तथा लेखापरीक्षण सेवाका प्ररीक्षार्थीहरूले कुल ३० अंकको र प्राविधिक खरिदारका परीक्षार्थीहरुले २० अंकको (२०७८-२०७९ बाट लागु भएको प्राविधिक खरिदारहरुले ३० अंकको) अन्तर्वार्ता दिनुपर्छ ।
  • अन्तर्वार्ताका लागि तोकिएको अंकको ४० देखि ७० प्रतिशतको बीचमा रहेर मूल्यांकनकर्ताले अंक प्रदान गर्छन् । अन्तर्वार्ता समितिका प्रत्येक सदस्यले आआफ्नो फाराममा अंक प्रदान गर्छन् । अंक दिने र दिएको विषयमा समितिका कुनै पनि सदस्यबीच छलफल हुँदैन । उक्त अंक प्रत्येकले गोप्य ढंगले दिन्छन् र उक्त फारामलाई एउटा खाममा राखी सबैको रोहवरमा सिलबन्दी गरिन्छ । अन्तर्वार्ताकर्ताको आफ्नो कुनै नातेदार हुँदा उक्त विज्ञापनको अन्तर्वार्तामा बस्न पाइँदैन-बस्नुहुँदैन । अन्तर्वार्तापूर्व अन्तर्वार्ताका क्रममा र अन्तर्वार्तापश्चात उम्मेदवारको सवल/दुर्वल पक्षबारे चर्चा गर्न पाइँदैन । अन्तर्वार्तामा बस्नेलाई उम्मेदवारको लिखित परीक्षाको अंकबारे केही थाहा हुँदैन ।
  • अन्तर्वार्ता हुने मिति, स्थान र समयको बारेमा अग्रिम सुसूचित भई अन्तर्वार्ताका दिन अन्तर्वार्ता सुरु हुनभन्दा कम्तीमा एक घण्टाअगावै लोकसेवा आयोगमा पुग्ने ।
  • ड्रेस अप फर्मल बनाउँदा सकारात्मक प्रभाव देखाउन सकिन्छ । मौसम अनुसारका कपडाहरू लगाउनुपर्छ ।
  • अन्तर्वार्तामा सोधिने साधारण र साझा प्रश्नहरूको बारेमा जानकारी राखिरहनुपर्छ, जसको बारेमा आफ्नो अन्तर्वार्ता कार्यक्रम अगावै आफ्ना साथीभाइसँग तयारी तथा अभ्यास गर्न पाइयोस् । जस्तै ः
  • तपाईँको परिचय दिनुहोस् ।
  • तपाइँ निजामती सेवामा किन प्रवेश गर्न खोज्दै हुनुहुन्छ ?
  • पुरानो जागिरमा के कारणले सन्तुष्ट हुन सक्नुभएन ?
  • पढाईको विषय र जागिरको फिल्ड मिलेन नि त ? काम गर्न सक्नुहुन्छ त ?
  • अमिन-सर्भेक्षक नै किन रोज्नुभएको ? छिट्टै धेरै पैसा कमाउन पाइन्छ भनेर हो ?
  • अनि निजामती सेवा त बिग्रदै छ भन्छन् त ! के देखेर आउन खोज्नुभएको ?
  • अहिले निजामती सेवा प्रवेश गर्नुभयो भने तपार्इँले गर्ने कामहरू केके होलान् ? थाहा छ ? बताउनुहोस् ।
  • केही समसामयिक घटनाक्रमहरुको बारेमा सोध्न सकिन्छ ।
  • चर्चित व्यक्तिहरुको जीवन तथा भोगाइका कुरा समेत सोधिन सक्छ ।
  • तपाईँलाई मनपर्ने विधा कुन हो ? त्यसबाट पनि प्रश्नहरू सोधिने सम्भावना रहन्छ ।
  • तपाईँले लिखित परीक्षा दिँदा पढेका सबै पत्रका पाठ्यक्रमहरू सरसर्ती हेरेर जानुहोस्, त्यसबाट धेरै प्रश्नहरू सोधिन्छन् ।
  • आफुले प्राप्त गरेको शैक्षिक उपाधिको बारेमा विस्तृत जानकारीहरू राख्नुहोस् ।
  • अन्त्यमा तपाईँलाई अन्तर्वार्ता कस्तो लाग्यो ? केही सुझावहरू दिनुहोस् । जस्ता प्रश्नहरू सोधिन सक्छन् ।
प्रश्नको जवाफ कसरी दिने त ?
  • मानसिकरूपमा तयार रहनुहोस् । तपाईँको आत्मविश्वासको सबैभन्दा धेरै जाँच गरिन्छ त्यहाँ । त्यसैले क्रमैसँग नआत्ती, नहडबडाई, आफ्नो स्वाभाविक स्वरमा, पोस्चर एन्ड गेस्चरमा विशेष ध्यान दिएर सभ्यताका साथ अनुशासित रहेर जवाफ दिनुहोस् ।

  • अन्तर्वार्तामा सोधिएका प्रश्नहरूको सही जवाफ नआउने भए अनुशासित भई त्यो प्रश्नको उत्तर आउँदैन भन्नुपर्छ । त्यो क्षेत्रमा मेरो अध्ययन पुगेनछ भनेर एक्सक्युज गर्नुभयो भने सकारात्मक प्रभाव पार्न सक्नुहुन्छ ।
  • कुनै कुराको बारेमा धेरै विज्ञ हुनुहुन्छ भने पनि आफ्नो विद्धता धेरै नदेखाउनुहोस् । घमण्ड नगर्नुहोस् । सीमिततातर्फ मोडिनुपर्छ ।

Post a Comment (0)
Previous Post Next Post