आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७९/०७/१६ देखि २०७९/०७/१८)

 मौसम पूर्वानुमान (Weather Forecast)
जारी मिति: २०७९/०७/१६ गते 

 


मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था (Present Weather Status)

देशभर मौसम सामान्यतया सफा रहेको छ। 

  

२०७९ कार्तिक १६ गते  (बुधबार)

दिउँसो:  प्रदेश नं १, बागमती प्रदेशगण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती:  प्रदेश नं १, बागमती प्रदेशगण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

 

२०७९ कार्तिक १७ गते  (विहीबार)

दिउँसो:  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती:  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

२०७९ कार्तिक १८ गते  (शुक्रबार)

दिउँसो:  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

  

राती:  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

उल्लेखनीय चेतावनी  छैन।

Post a Comment (0)
Previous Post Next Post