आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७९/०६/२६ देखि २०७९/०६/२८)

 

जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन  (Weather Forecast Bulletin)
जारी मिति: २०७९/०६/२ गते 

मौसम विश्लेषण (Meteorological Analysis)

हाल नेपालमा  हरियाणा आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा  भइरहेको छ। 

 

 

२०७९ असोज २६ गते (बुधबार)

राती:  प्रदेश १, मधेश प्रदेश, बागमती  प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १मधेश प्रदेशका थोरै  स्थानहरूमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

 

२०७९ असोज २७ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

राती:  प्रदेश १बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती  प्रदेशका थोरै  स्थानहरूमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

 https://business.thulo.com/account/aff.php?aff=146

२०७९ असोज २ गते (शुक्रबार)

दिउँसो देशभर आंशिक देखि सामान्य बदली सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

राती:  प्रदेश १  बागमती  प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

प्रदेश १,मधेश प्रदेश र बागमती  प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षयपहिरोको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। 

Post a Comment (0)
Previous Post Next Post